
पोखरा स्पोर्टस । अल्पाइन स्पोर्टस फेडेरेशन गण्डकी प्रदेश तदर्थ समितिको अध्यक्षमा शर्मिला गुरूङ चयन भएकी छन् ।
पोखरामा मंगलबार सम्पन्न भेलाले अध्यक्षमा शर्मिलासहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित शर्मिला मुस्ताङ घरपजोङ गाउँ पालिकाकी पूर्व उपाध्यक्ष समेत् हुन् ।
समितको उपाध्यक्षमा मोहनीलाल खनाल (स्याङजा), सचिबमा कुल प्रसाद अधिकारी (कास्की) कोषाध्यक्षमा किरन गुरूङ (पर्वत) रहेका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रेम बहादुर कंवर (बाग्लुङ), उत्तम कुमार तामाङ (कास्की), कान्छा घले (मनाङ) र अनुपमा ठकुरी (कास्की) रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक र गिरमान गुरूङको उपस्थितीमा सम्पन्न भेला कुल प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
