कास्की एक दिवसीय क्रिकेट : अनिलको शतकिय पारीमा राइजिङ च्याम्पियन

पोखरा स्पोर्टस । अनिल गुरुङ नट आउट रहँदै १०१ रनको शतकिय पारी खेले पछि कास्की एक दिवसीय क्रिकेटमा राइजिङ पोखरा क्रिकेट क्लब च्याम्पियन भएको छ ।

जितको लक्ष्य पछ्याउँदै ओपनर व्याट्स्म्यान अनिलले ११९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै खेलको म्यान अफ दि म्याच समेत बन्दै टिमलाई च्याम्पियन समेत बनाएका हुन् । प्रतियोगितामा बलियो मानिएको पोखरा क्रिकेट क्लबका केही महत्वपूर्ण सदस्यहरु वाइ–वाई यू–१९ राष्ट्रिय क्रिकेटमा सहभागि हुन बिराटनगर पुगे पछि ६ विकेटले पराजित हुँदै उपबिजेतामा सिमित बन्न पुग्यो ।

राइजिङले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा बिमल विक्रम खत्रीले अर्धशतकिय पारी खेले । अमन सुबेदीको बलमा बोल्ड हुनु अघि बिक्रमले ६६ बलमा ६ चौका र ४ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए । त्यस्तै कृष्ण पौडेल नट आउट २७ रन जोडे । उनले १७ बलमा १ चौका ३ छक्का प्रहार गरे । ४१.२ ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाउँदै उपाधि जितेको राइजिङका लागि निर्मल क्षेत्रीले १ चौका र १ छक्का प्रहार गर्दै १४ बलमा १६ रन बनाउँदै देव शाहको बलमा बोल्ड भए । देव शाहले नविन पोख्रेललाई व्यक्तिगत ५ रनमा आउट गरे भने १ रन बनाएका अश्विन अधिकारीलाई एलबिडव्लु धरापमा पारे ।

यता टस हारेर पारीको सुरुवात गरेको पोखरा क्रिकेट क्लबले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा ३८ अतिरिक्त रनसहित २२४ रन बनायो । यू–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका सुभाष भण्डारीले पाँचौ विकेटका लागि १०५ बलमा ९ चौका र १ छक्काको मद्धतमा ८८ रनको नट आउट पारी खेले । मुस्कान थापाले पारीको सुरुवात गर्दै ३१ बलमा ३२ रन बनाए । उनले ६ चौका प्रहार गरे । उनी संगै पारीको सुरुवात गरेका अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिष भण्डारी ४, अनिष खड्का २, इशान श्रेष्ठ १८, देव शाह १०, विजय रावत ६ र अमन सुवेदीले नट आउट २ रन बनाए ।

पोखरा क्रिकेट क्लबका लागि देव शाहले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए भने १ विकेट अमन सुवेदीले आफ्नो नाममा लेखाए । फाइनल खेलमा व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका सुभाष भण्डारी बलिङतर्फ भने चल्न सकेनन् । उनले १० ओभरमा ३२ रन दिए । तर उनी प्रतियोगितामा सुभाष भण्डारी म्यान अफ दि सिरिज बने ।

च्याम्पियन भए संगै राइजिङ पोखरा क्रिकेट क्लबले नगद रु १० हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा कुल ४ खेल खेल्दै ९०.५ को औशतमा कुल १९१ रन बनाएका राइजिङ पोखराका अनिल गुरुङ उत्कृष्ट व्याट्म्यान भए भने प्रतियोगितामा १४ विकेट लिएका पोखरा क्रिकेट क्लबका देव शाह उत्कृष्ट बलर हुँदै ट्रफी हात पारे ।

यहि कार्तिक १ गतेबाट सुरू भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close