
पोखरा स्पोर्टस । पोखरेली मञ्च यूकेले १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन मञ्जु गुरूङ राईलाई संयोजक तोकेको छ ।
पोखरा म्याराथनको लागि यूकेको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मंच यूकेले म्याराथन सफल बनाउन उनलाई सहयोग समितिको संयोजक तोकेको हो ।
पोखरेली मञ्च यूकेका अध्यक्ष कर्म गुरूङ (केभ)को अध्यक्षतामा सम्पन्न भेलाले भलिबलकी पूर्व राष्ट्रिय खेलाडी एवं समाजसेवी मन्जु संयोजकत्वमा समति गठन गरेको हो । गठित समितिमा महेश गुरूङ, मिन प्रसाद गुरूङ, सूर्य गुरूङ रहेका छन् । गठित समितिका सदस्य महेश गुरूङ नेपाल–यूकेका संयोजक हुन भने मिन प्रसाद गुरूङ तमु धिं यूकेका संस्थापक अध्यक्ष तथा सूर्य गुरूङ गैर आवाशिय नेपाली संध यूकेका पूर्व अध्यक्ष हुन् ।
पोखरा म्याराथनलाई सफल बनाउन यूकेस्थित विभिन्न संघ/संस्थाहरुलाई समेत समेटिएको छ । जसमा पोखरेली मञ्च यूके, तमु धिं यूके, सहारा यूके, बगर भाइ खलक यूके, तमु समाज यूके र राम बजार सोसाइटी यूके रहेका छन् ।
यसै बिच पोखरेली मञ्च यूकेका अध्यक्ष गुरूङले यूकेस्थित सम्पूर्ण खेलप्रेमीहरुलाई १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोगका लागि आग्रह गर्दै फागुन ३ गते हुने प्रतियोगितामा सहभागिताका लागि समेत आह्वान गरेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ३ गते शनिबारका दिन हुनेछ । पोखरा म्याराथनलाई नेपाल रन यूकेले समेत सहयोग गर्दै आइरहेको छ ।
