वाइ–वाइ यू–१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली बिराटनगर प्रस्थान

पोखरा स्पोर्टस । वाइ वाइ यू–९ राष्ट्रिय पुरुष क्रिकेटमा सहभागि हुन गण्डकी प्रदेशको टोली शुक्रबार कोशी प्रदेशको बिराटनगर प्रस्थान गरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रतियोगिता भोली (शनिबार)बाट सुरु हुँदै छ । त्यसतर्फ प्रस्थान गर्नु अघि प्रादेशिक क्रिकेट संघ गण्डकीले एक कार्यक्रम गरी खेलाडी तथा अफिसियलहरुलाई जितको शुभकामनासहित बिदाई गरेको हो ।

खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद समितिका सदस्यद्वय राजन बडगामी र विग्नेश थापा, पोखरा एभेन्जर्सका पुष्पराज त्रिपाठी, गण्डकी क्रिकेटका कोषाध्यक्ष दिवाकर थापालगायतले बिदाई गरेका थिए ।

राष्ट्रिय यू–१९ का राष्ट्रिय खेलाडी अर्जुन कुमालको कप्तानीमा रहेको गण्डकी प्रदेशका टोलीमा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

यस्तै टिमको प्रशिक्षकमा रिजन प्रजु र टिम म्यानेजरमा अभिषेक ढकाल रहेका छन् । बिदाई कार्यक्रममा पोखरा एभेन्जर्सले आफ्नो लोगो अंकित खेल पोशाक सहभागि टोलीलाई प्रदान गरेको छ । 

सातै प्रदेशका टिम सहभागि हुने प्रतियोगितामा गण्डकी प्रदेशले आफ्नो पहिलो खेल कार्तिक ११ गते मधेश प्रदेश संग खेल्नेछ । पहिलो चरणमा प्रतियोगितामा सहभागि सबै टिम संग गण्डकीले प्रतिस्पर्धा गर्नेछ ।

गण्डकीले १२ गते बागमती प्रदेश संग, १४ गते कोशी, १५ गते सुदुर पश्चिम, १७ गते लुम्बिनी प्रदेश र १८ गते कर्णाली प्रदेश संग खेल्ने छ ।

राउण्ड रोविनको आधारमा सञ्चालन हुने वाइ–वाइ यू–१९ राष्ट्रिय क्रिकेटको फाइनल खेल कार्तिक २१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close