कास्की एक दिवसीय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

पोखरा स्पोर्टस । कास्की एक दिवसीय क्रीकेट च्याम्पियनसीप २०८१ को समुह चरणका खेलहरू सम्म्पन्न भए संगै सेमिफाइनल समीकरण पनि पूरा भयको छ । कास्की क्रिकेट क्लब, अरन्यज्योती क्रिकेट क्लब र पोखरा क्रिकेट क्लब आ–आफ्नो समुहको बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा राइजिङ क्रीकेट क्लब हारका बावजुद समुहमा दोश्रो हुने टोलीहरु मध्ये उत्कृष्ट अंकका आधारमा सेमिफाइनल पुग्ने चौथो भाग्यमानी टोलि बनेको छ ।

कास्की जिल्ला क्रिकेट संघका अनुसार कास्की क्रिकेट क्लब दुई खेलमा जितका साथ ४ अंकका साथ उच्च रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको छ भने अरञ्यज्योती दुई खेलमा ४ अंकसहित दोस्रो, पोखरा क्रिकेट क्लब दुई खेलमा दुई जित हात पार्दै चार अंकका साथ तेस्रो स्थान र राइजिङ क्रिकेट क्लब दुई खेलमा १ जित र १ हारमा २ अंकका साथ अन्तिम चारमा स्थान बनाएको छ ।

भोली (शनिबार) पहिलो सेमीफाइनल खेल कास्की क्रिकेट क्लब र राइजिङ क्रिकेट क्लबका बीच हुनेछ भने आइतबार अरञ्ज्योती र पोखरा क्रिकेट क्लबका बीच दोस्रो सेमीफाइनल खेल हुने कास्की क्रिकेटका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।

शुक्रबार पोखरा रंगशालामा सम्पन्न समुह चरणको अन्तिम खेलमा अरञ्ज्योती क्रिकेट क्लब ४ विकेटले जित हात पारेको छ । राइजिङ क्रिकेट क्लबले दिएको १५७ रनको जितको लक्ष्य अरञ्ज्योतीले ४४.४ ओभरमा ६ विकेटको क्षतीमा पुरा गरेको हो ।

लक्ष्य पछ्याउँदै अरञ्ज्योतीका लागि खेलमा म्यान अफ दि म्याच समेत रहेका प्रदिप पौडेलले अर्धशतकिय पारी मात्रै खेलेनन् ४ विकेट समेत हात पारे । उनी नट आउट रहँदै ५० रनको योगदान दिए । सम्हालिएको पारी खेल्दै ९१ बलको सामना गरेका प्रदिपले ५ चौका प्रहार गरे । जवाफी बलिङ गरेका उनले ९.१ ओभरको स्पेलमा ३ मेडन राख्दै २४ रन दिएर ४ विकेट लिए ।

त्यस्तै प्रविन पौडेलले ७० बलमा १ छक्का र ४ चौकासहित ४२ रन बनाए । सुलभ सुवेदीले १५ रन जोडे । राइजिङ क्रिकेट क्लवका लागि विमल विक्रम खत्रीले ७ ओभरमा २६ रन दिएर २ विकेट लिए ।

यस अघि टस जितेर पारीको सुरुवात गरेको राइजिङले ३६.१ ओभरमा १० विकेटको क्षतीमा १५६ रन मात्रै बनाउन सक्यो । ओपनर जोडी राइजिङका अनिल गुरुङले ४१, नविन पोख्रेलले २८ रनको योगदान दिंदा कृष्ण पौडेलले २४ रन जोडे । त्यस्तै बिमल विक्रम खत्रीले १६ र लोकेन्द्र गहतराजले १३ रन बनाए । अरञ्ज्योतीका लागि प्रविन पौडेलले ९ ओभरमा ४१ रन दिए २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close