
पोखरा स्पोर्टस । बिराटनगरमा आयोजना हुने वाई–वाई पुरुष यू–१९ टि–२० क्रिकेटमा गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मैदानमा उत्रिने भएको छ ।
यहि कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनको कप्तानीमा १४ सदस्यिय खेलाडीहरुको नाम घोषणा गरेको हो । उनी राष्ट्रिय टोलीका सदस्य समेत हुन् ।
गण्डकीको टिममा करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।
त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् ।
गण्डकीले आफ्नो खेल कार्तिक ११ गते मधेश प्रदेश संग खेल्ने गण्डकी टिम छनौट समितिका सदस्य चन्द्र गुरुङ (जिम्मी)ले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले गण्डकीको यू–१९ टिम सन्तुलित टिम रहेको जनाउँदै यस पटक ट्रफी उचाल्ने गरी तयारी भएको जनाए ।
