
पोखरा स्पोर्टस । पोखरामा राष्ट्रियस्तरको भेट्रान्स बास्केटबल प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला भेट्रान्स बास्केटबल संघको आयोजना उक्त प्रतियोगिता यहि कार्तिक २२ देखि २५ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको हो ।
तीन दिन सम्म हुने प्रतियोगितामा विभिन्न प्रदेश र जिल्लाका गरी १० टिमको सहभागित हुने संघका अध्यक्ष प्रेम बहादुर भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद ७० हजार र उपबिजेताले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने नविन बहादुर पौडेल क्षेत्रीले बताए ।
प्रतियोगितामा मष्ट भेलुएबल प्लेयर र हाइएष्ट स्कोररले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख नगद खर्च हुने आयोजकले जनाएको छ ।
भेट्रान्स खेलकुदका लागि पोखरा ‘हव’को रुपमा रहेको छ । अग्रज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले भरिएको पोखरामा आफूले जिवनमा खेलकुदबाट पाएको शिपलाई भावी पुस्तामाझ बाँड्न र खेलकुदलाई जिवनको प्रमाुख अङ्गको रुपमा बनाइराख्न भेट्रान्सका विभिन्न प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

Barsau dekhi Pokhara ma ayojana vai ayeko yes pratiyogoti ko ati nai sarahaniye chha. Yesle chalis katesi refresh dine kam vaireheko chha. Aafu pani dui palta sahavagi hune mauka payeko chhu. Ayojak harulai hardik dhanyabad ka sathai Subhakamana. Mero yek Sujan chha. Puraskar rashi vanda court lai uchit byebasthapan garnu hola. Ma pahilo palta khelna aauda court durusta thiyo. Dosro palta court khaldai khaldo thiyo. Ladera dhanna ghati khuskena. Tara partitions garnu nai dherai thulo ra gahro kura ho. Safaltako lagi hardik Subhakamana.
Pratiyogita hunupaernema anyetha vayechha.