समिर भुजेलको उत्कृष्ट बलिङमा राइजिङ क्रिकेट क्लब बिजयी

पोखरा स्पोर्ट्स । म्यान अफ दि म्याच समिर भुजेलले उत्कृष्ट बलिङ गर्दै गण्डकी स्पोर्ट्स क्रिकेट क्लबका चारजना खेलाडीलाई पेभिलियन फर्काएपछि राइजिङ क्रिकेट क्लबले ५ विकेटले जित दर्ता गरेको छ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालामा जारी एक दिवशिय खेलमा राइजिङका आशिषले ७ ओभरको बलिङमा एक मेडन राख्दै २३ रन दिएर चार विकेट हात पारेका हुन् । जित संगै राइजिङले ३ अंक आफ्नो खातामा जोडेको छ ।

तीन दिनदेखि पोखरामा परेको अविरल वर्षका कारण पिच मर्मतका लागि ३३ ओभरमा सिमित गरिएको खेलमा टस जितेर व्याटिङ रोजेको गण्डकी २४.२ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा समेटिन पुग्यो ।

१४ रन समेत अतिरिक्त पाएको गण्डकीले राइजिङको कसिलो बलिङ सामु  दुई खेलाडी बाहेक अन्यले दोहोरो रन जोड्न समेत सकेनन् ।  शिद्धान्त गिरीले ४८ बलको सामना गर्दै १९ रन बनाउँदा अजय रामले १६ बलमा तीन चौका प्रहार गर्दै १७ रन बनाए ।

समिरसहित कसिलो बलिङ गरेका गण्डकीका कृष्ण पौडेलले ५.२ ओभरमा २ मेडन राख्दै ४ रन दिएर ३ विकेट आफ्नो नाममा लेखाए । त्यस्तै अन्तजन केसी, विमल विक्रम खत्री र लोकेन्द्र गहतराजले समान १/१ विकेट लिए ।

यता ७७ रन जितको लक्ष्यका लागि मैदान उत्रिएको राइजिङले १७.१ ओभर खेल्दै ५ विकेटको क्षतीमा ७८ रन बनायो । २३ रन अतिरिक्त उपहारको रुपमा पाएको राइजिङका लागि नविन पोखरेलले ४६ बलमा नट आउट रहँदै २० रन बनाए । त्यस्तै निर्मल पिसी र कृष्ण पौडेलले समान १३/१३ रनको योगदान दिए ।

गण्डकीका बिमोचन सापकोटाले ४.१ ओभरमा १६ रन दिएर २ विकेट हात पारे । त्यस्तै अजय राम, सुमन अधिकारी र शिद्धान्त अधिकारीले १/१ विकेट लिए ।

भोली चौथो दिनको खेल लेकसाइड क्रिकेट क्लब र पोखरा क्रिकेट क्लबका बीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close