आइसीसी यू–१९ उमेन्स वर्ल्ड कप एसिया क्वालिफायरमा १८ खेलाडीको नाम सार्वजनिक

पोखरा स्पोर्टस । आइसिसी यू–१९ उमेन्स वर्ल्ड कप एसिया क्वालिफायरका लागि तेस्रो चरणको बन्द प्रशिक्षणमा १८ जना खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार १८ जना खेलाडीहरुको नामाबली सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका १८ खेलाडी मध्ये ४ जना खेलाडी गण्डकी प्रदेशका छन् ।

टिममा कुशुम गोदार, ज्योत्सिन्का मरासिनी, सिमाना केसी र रचना चौधरी रहेका छन् ।

१८ जना खेलाडीहरुको अन्तिम बन्द प्रशिक्षण भैरहवामा यहि असोज २९ गतेबाट सुरु हुनेछ ।

आइसीसी यू–१९ उमेन्स वर्ल्ड कप एसिया क्वालिफायर प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (युएई)मा आगामी कार्तिक २१ गतेबाट सुरु हुनेछ ।

डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र यूएई, थाइल्याण्ड र कुवेतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close