
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध हुने टि२० अन्तर्राष्ट्रिय शृंखला तथा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
क्यानले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल २० र २१ मा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल–यूएईबीचको टि२० शृंखलाका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, समीर अहमद, गुलशन झा, लोकेश बम, भीम सार्की, पवन सर्राफ, विवेक यादव, अर्जुन साउद, हेमन्त धामी, करण केसी र सन्दीप लामिछाने समावेश छन् ।
वैकल्पिक खेलाडीमा प्रतिश जिसी, नारायण जोशी र कमल खान रहेका छन् ।
त्यस्तै, अप्रिल २५ देखि मे ५ सम्म सोही मैदानमा नेपाल, यूएई र ओमानबीच हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा अर्को टोली घोषणा गरिएको छ ।
उक्त टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तानका रूपमा छन् भने कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, समीर अहमद, गुलशन झा, रोहित पौडेल, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, पवन सर्राफ, अर्जुन कुमाल र करण केसी रहेका छन् ।
वैकल्पिक सूचीमा हेमन्त धामी, कुशल मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल छन् ।
क्यानले टि२० र एकदिवसीय टोलीका लागि फरक–फरक कप्तान चयन गरेको स्पष्ट पारेको छ । टि२० टोलीको नेतृत्व दीपेन्द्रले गर्नेछन् भने एकदिवसीय टोलीको कप्तानी रोहितले सम्हाल्नेछन् ।
