पोखरा एभन्जर्स  क्रिकेट मैदानको खोजीमा, ‘हामी ट्रफी उचाल्दै छौं’–अध्यक्ष त्रिपाठी, पोखरा एभन्जर्स

पोखरा स्पोर्टस । नेपालमा पहिलो पटक आयोजना हुने क्रिकेट फ्रेन्चाइज लिग अन्तर्गतको नेपाल प्रिमियर लिगको (एनपिएल) टिम पोखरा एभन्जर्स आफ्नै क्रिकेट मैदानको खोजीमा लागेको छ ।

पोखरा एभन्जर्स टिमका अध्यक्ष त्रिपाठी संगको कुराकानी, कपया लिंक क्लिक गर्नुहोस

आगामी मंसिर १५ गतेबाट काठमाण्डौमा सुरु हुने एनपिएलका लागि खेलाडीहरुको बन्द प्रशिक्षणका लागि मैदानको खोजीमा लागेको हो । पोखरा एभन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीसहितको टोलीले पोखरा रंगशाला क्रिकेट मैदानलगायत पोखरा १४ स्थित बलभद्र मावीको खेल मैदानको सोमबार अवलोकन गरेको छ ।

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा एभन्जर्सका सहायक प्रशिक्षक रिजन प्रजुसम्मिलित टोलीले प्रेक्टिस मैदानका लागि पोखराका विभिन्न स्थानमा रहेका सम्भावित खेल मैदानहरुको अध्ययन गर्ने जनाएको छ ।

तिहार लगतै टिमको क्लोज क्याम्प सुरु गर्ने गरी मैदानको खोजी भइरहेको अध्यक्ष त्रिपाठीले पोखरा स्पोर्टस संगको कुराकानीमा जनाएका छन् । नेपालमा पहिलो पटक आयोजना हुने फ्रेन्चाइज लिगका लागि आफ्नो टिम निकै उत्साहित रहेको जनाउँदै प्रतियोगिताले नेपाली क्रिकेटमा सम्भावनाका ढोकाहरु खुलेको बताए । उनले भने–“पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताले हामीलाई उत्साहित बनाएको छ । पोखरा एभन्जर्स  गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टिम भएकोले पनि यहाँका यूवाहरुलाई अझै अवसर प्राप्त हुनेमा म विश्वस्त छु ।”

पोखरा एभन्जर्सको मुख्य खेलाडीहरुको पोखराका खेलाडीहरु नै समेटिन सकुन भन्ने मुख्य ध्येयका साथ नै आफूहरुले सोच बनाएको बताउँदै अध्यक्ष त्रिपाठीले चेन्नई सुपर किंग्सका प्रशिक्षकलाई नियुक्त गरेको बताए । अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक ल्याउनुको कारण बारे प्रस्टायाउँदै अध्यक्ष त्रिपाठीले नेपाली प्रशिक्षकको स्तर बढोस भन्नका लागि पनि आफूहरु पनि उत्तिकै सचेत रहेको उल्लेख गरे । फ्रेन्चाइज टिमहरु मध्ये पोखरा एभन्जर्सलाई उत्कृष्ट टिमको रुपमा स्थापित गर्नेतर्फ ध्यान केन्द्रित गरेको बताउँदै लिगले नेपाली क्रिकेटको भविष्य उज्जवल रहेको बताए ।

गण्डकी प्रदेशको टिम पोखरा एमन्जेर्सलाई मायाँ गर्न र हौसला बढाउन पोखरेली प्रंशसकहरुलाई आग्रह गर्दै अध्यक्ष त्रिपाठीले प्रशंसकहरुलाई समेत सुझाव र आफ्नो प्रतिक्रिया दिन आग्रह समेत् गरे । उनले भने–“हामी पोखरा एभन्जर्सलाई उत्कृष्ट टिम बनाउन मेहनत गरिरहेका छौं । यहाँहरुलाई हामीलाई सल्लाह सुझाव दिनुहोस । हामी पनि पोखरेली क्रिकेट प्रेमीहरुलाई पोखरा र काठमाण्डौमा क्रिकेट हेर्न व्यवस्था गर्दैछौं । यहाँहरुले हामीलाई सपोर्ट गर्नुहोस् । हामी ट्रफी उचालेर यहाँहरुको झोली भर्ने छौं ।”

त्यस्तै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सिग्देलले पोखरा एभन्जेर्समा गण्डकीका धेरै भन्दा धेरै खेलाडीहरुले अवसर प्राप्त गर्न सकुन भन्नेमा आफूहरुको ध्येय रहेको बताएका छन् । पोखरा स्पोर्टस संगको कुरामानीमा अध्यक्ष सिग्देलले भने–“हाम्रा प्लेयर्सहरुले एक्सपोजर्स पाउन भन्नका लागि पनि पोखरा एभन्जेर्स महत्वपूर्ण छ । हामीले वातावरण तयार गर्ने हो । त्यसैका लागि प्रादेशिक क्रिकेट संघ पोखरा एभन्जेर्स संग सहकार्य गर्दैछ ।”

नेपालमा सञ्चालन हुने अन्य प्रिमियर लिगका लागि पनि गण्डकी हिरोज टिम बनाउने तर्फ समेत सोच अघि बढाइएको बताउँदै अध्यक्ष सिग्देलले भने–“हामी गण्डकीको क्रिकेटमा नयाँ उचाई थप्नेतर्फ अघि बढेका छौं । हाम्रो लागि मुख्य विषय नै मैदान हो । पोखरा रंगशालाको क्रिकेट खेल मैदानले मात्रै धान्न सक्दैन । हामी सम्भावित क्रिकेट खेल मैदानको खोजीमा छौं । जुन मैदानबाट गण्डकीबाट धेरै भन्द धेरै खेलाडी उत्पादन हुन् ।”

नेपाल प्रिमियर लिगमा पोखरा एभन्जर्सको मार्की प्लेयरको रुपमा कुशल भुर्तेल रहेका छन् । त्यस्तै गरी सागर ढकाल, सुनाम गौतम, आकाश चन्द, दिलिप नाथ, विपिन खत्री, किरण ठगुन्ना, नारायण जोशी, दिनेश खरेल, अमृत गुरुङ र ट्रिटराज जोशी रहेका छन् । टिममा चार जना विदेशी खेलाडीहुने छन् भने एक जना खेलाडी ट्यालेन्ट हन्टबाट टिममा समावेश गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close