आईपिएल चेन्नईका प्रशिक्षक राजिब पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त

पोखरा स्पोर्टस । पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजिव कुमारलाई नियुक्त गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका राजिव कुमारलाई आगामी लिगको लागि भित्राएको हो । कुमारले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् ।

उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । उनले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका छन् । सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए ।

राजिवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन् । हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन् ।

चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

पोखरा एभेन्जर्सले रिजन प्रजुलाई सहायका प्रशिक्षकको जिम्मेवारी यस अघि नै प्रदान गरिसकेको छ । रिजन आइसिसी ए लेभल प्रशिक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close