८ औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा छनोटमा फुटबल सुरु, कराते र बुद्धिचाल सम्पन्न

पोखरा, १९ फागुन ।
प्रदेश नं ५ मा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेशका विभिन्न जिल्लामा छनोट प्रतियोगिताहरु जारी रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिएका छन ।

पोखरामा आइतबार देखि गण्डकी प्रदेश स्तरिय फुटबल प्रतियोगिताको छनोट खेल शुरु भएको छ । उक्त प्रतियोगिताको क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष श्रेष्ठले रेफ्रिलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए । छनोटमा पुरुष तर्फ गण्डकी प्रदेशका ११ जिल्ला र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको छ ।

आज देखि सुरु भएको पुरुष फुटबल खेलमा तनहुँले म्याग्दीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । जसमा तनहुुँका बिकाश श्रेष्ठले ह्याट्रिक गरेका थिए । यता गोर्खाले मुस्ताङ संग कठिन जित निकाल्यो । गोर्खाले मुस्ताङलाई ५–४ ले पराजित गर्यो । गोर्खाको जितमा रुपेश थापा मगर नायक बने । उनले ह्याट्रिक पुरा गरे ।

त्यसै गरि बागलुङले विपिन महतको गोलमा नवलपुरलाई १–० ले पराजित गर्यो भने पर्वतले लमजुङ संग ६–० गोल अन्तरले हार व्यहोरेको छ । लमजुङका लागि लिलजंग गुरुङले ह्याट्रिक गरेका थिए ।

बुद्धिचाल
जस अनुसार गण्डकी प्रदेशको बुद्धिचाल प्रतियोगिताको छनोटमा ७ जना पुरुष र ४ महिला खेलाडी छनोटमा परेका छन । छनोटमा पर्ने पुरुष खेलाडीमा सबिन चन्द्र घिमिरे लमजुङ, सुजन केसी पर्वत, हुमराज गुरुङ कास्की, यूवराज भण्डारी कास्की, सागर साई कास्की रहेका छन । यसै गरि बैकल्पिक पुरुष खेलाडीमा विश्व पराजुली स्याङजा र प्रेम प्रकाश श्रेष्ठ पर्वत रहेको जनाइएको छ ।

छनोटमा परेका महिला खेलाडी मध्ये दुई जना कास्कीका र लमजुङ तथा पर्वतका एक–एक जना छन । कास्कीका एरिना गुरुङ र मन्जु सुनार छन भने लमजुङकी पुजा भण्डारी तथा पर्वतकी यशोदा रेग्मी रहेको छनोट समितीले जनाएको छ ।

कराते
८ औ राष्ट्रीय खेलकुद प्रतियोगीताको लागी गण्डकी प्रदेश कराते छानौट प्रतियोगीतामा कास्की ६ स्वर्ण सहित टिम प्रथम, ४ स्वर्ण सहित बागलुड टिम द्वितीय भएका छन ।

त्यसै गरि ३ स्वर्ण सहित गोर्खा तृतिय, २ स्वर्ण सहित तनहु जिल्ला चौथोे ,एक कांस्य सहित नवलपुर पाँचौ र एक स्वर्ण सहित पर्बत जिल्ला छैटो हुन सफल सफल भएका छन ।

छनोटमा परेका खेलाडीमा महिला एकल काता तर्फ कास्कीकी कृपा गुरुङ र पुरुष तर्फ तनहुँका विष्णु नेपाली रहेका छन । टिम काता तर्फ कास्कीका प्रभात पुन, सुजन नेपाली र कृष्ण नेपाली र महिला तर्फ कास्कीका विमला नेपाली, रोशनी पुन र मसिना राई रहेका छन ।

त्यसै गरि महिला ४५ केजी तौल तर्फ कास्कीकी मनु तामाङ, ५० केजीमा विनिता चपाई पर्वत, ५५ मा आकृती गुरुङ कास्की, ६१ मा आनु गुरुङ तनहुँ, ६८ मा विनिता थापा मगर गोर्खा, ६८ भन्दा माथी तौलमा पुजा पुलामी मगर गोर्खा रहेका छन ।

छनोटमा पर्ने पुरुष खेलाडीमा ५० केजी तौलमा अंकित गुरुङ लमजुङ, बागलुङ बाट ५५ मा कपिल रोका, ६० मा राजकुमार रसाइली र ६७ केजी तौलमा नविन रसाइली रहेका छन । ७५ केजी तौलतर्फ सञ्जय महतो नवलपुर, ८४ मा सुमित घर्ती मगर बागलुङ र ८४ केजी तौल भन्दा माथी कास्कीका विजन श्रेष्ठ छनोटमा परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close