राखेपबाट बरिष्ठ प्रशिक्षक राईको अवकाश

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) करातेका वरिष्ठ प्रशिक्षक महेन्द्रकुमार राईलाई बुधबार बिदाइ गरिएको छ । प्राविधिक प्रथम श्रेणी राईले ५८ वर्षे उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश पाएका थिए ।

राई २०५२ सालमा अधिकृत तृतीय श्रेणीमा कराते प्रशिक्षकमा राखेपमा सेवा प्रवेश गरेका थिए । त्यसएता उनले तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) मा उप–निर्देशकको जिम्मेवारी पनि सम्हाले ।

नेपालमै भएको १३ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्दा राई राष्ट्रिय टिम तयारीका निर्देशक थिए । तेश्रो वृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका राईले करातेका विभिन्न अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा पनि सहभागिता जनाए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतका कर्मचारीले राईलाई बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close