कास्की तेक्वान्दोको १५ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघको १५औं वार्षिक साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ ।

सो साधारण सभाको एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले गरे । सो अवसरमा बोल्दै सांसद बरालले राज्यले संघियतामा अघि बढे पनि नेपाली खेलकुदले सो मर्म अनुरुप अघि बढ्न नसक्दा विकास अवरुद्ध हुने पुगेको बताएका छन् । नेपाली खेलकुदमा तेक्वान्दो खेल सम्भावना बोकेको खेलको रुपमा रहेको चर्चा गर्दै उनले कास्कीमा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने तर्फ कास्की तेक्वान्दोले योजनाहरु अघि बढाउनु पर्ने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले खेलकुदको राष्ट्रिय नेतृत्व बोकेको राखेप राजनितिकरणको प्रभावले खेलकुद समाप्त हुने बाटोमा अग्रसर रहेको जनाउँदै त्यहाँ भएका विसंगतीका विरुद्ध खेलाडीहरुले आवाज उठाउनु पर्ने बताए । उनले भने–“खेलकुदमा परिवर्तन आवश्यक छ । तर त्यसका लागि एक भएर विकृतीका विरुद्ध आवाज उठाउनु पर्छ । हामी खेलकुद विकासको साझा स्वार्थका लागि एक हुन आवश्यक छ ।”

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले तेक्वान्दो खेलमा विशेषल आकर्षण रहेको बताउँदै यसले आत्मनिर्भरको यात्रामा समेत सहयोगी खेलको रुपमा रहेको बताए । पोखरा रंगशाला निर्माणाभिन तेक्वान्दो हल सम्पन्न गर्न सहयोगीहात हरुको खाँचो रहेको औंल्याउँदै आव रणनितिक योजनाका साथ अघि बढ्नुपर्ने कुरा औंल्याए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पाहारीले पछिल्लो समय पोखरामा हुने खेलकुद पर्यटन कार्यक्रमहरु अभियानको रुपमा अघि बढे पनि खेल पर्यटनका माध्यमबाट पर्यटकको संख्या भने यकिन हुन नसकेको बताए । नाटाका उपाध्यक्ष राजेश पाहारीले पर्यटनमार्फत खेलकुदको विकासमा सबैको ध्यान जानु पर्ने बताए ।

सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष राजन पौडेल, तेक्वान्दो सिनियर प्रशिक्षक बलराम लामा, संघका उपाध्यक्ष ललित बहादुर धामी, पोखरा महानगर तेक्वान्दो संघका अध्यक्ष हर्क बहादुर गुरुङले सुविधा सम्पन्न खेलकुद पूर्वाधारले नै उत्कृष्ट खेलाडी उत्पादन हुने भएकोले त्यसतर्फ संघले आफूलाई स्थापित गर्नुपर्ने औंल्याए ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिपेन्द्र पाहारीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष किरण गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close