गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको साधारण सभा सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको प्रथम अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा रंगशालास्थित स्क्वास र्‍याकेट संघको हलमा सम्पन्न साधारण सभा शुभकामना आदान प्रदान कार्यक्रमसहित सम्पन्न भएको हो ।

साधारण सभाले संघका महासचिव कमल बहादुर बस्नेत द्वारा प्रस्तुन वार्षिक योजनासहितको प्रतिवेदन तथा कोषाध्यक्ष रक्सेलामाद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

सो अवसरमा नेपाल स्क्वास र्‍याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरेले विभिन्न चुनौतीका बावजुद संघले आफ्ना गतिविधि बढाएकोमा खुसी व्यक्त गर्दै संघिय संरचना अनुसार केन्द्रिय संघले समेत स्क्वास खेलका सबै गतिविधिलाई प्रदेश अन्तर्गत नै हुने गरी अघि बढाएको बताए ।

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघका अध्यक्ष अशोक रञ्जितको अध्यक्षतामा सम्पन्न साधारण सभामा गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष लोक बहादुर गुरुङ, गण्डकी स्क्वासका उपाध्यक्ष एवं समाजसेवी प्रकाश केसी, कास्की स्क्वासका अध्यक्ष प्रविन पालिखेलगायतले यूवा खेलाडी उत्पादन संगै दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close