
पोखरा स्पोर्टस । सहारा क्लब हङकङको १२ औं वार्षिकोत्सव अवसरमा आयोजित ‘दोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ६–ए साइड फुटबल’ प्रतियोगिता सम्पन्न भएको छ ।

हङकङका विभिन्न १६ क्लबले भाग लिएको प्रतियोगिताको उपाधि जोर्डन एफसीले जितेको छ । रनर अप मोना एफसी भयो । उनीहरुले क्रमशः हङकङ डलर २० हजार र १२ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस अघि क्लबका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एनजी)ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो अवसरमा फुटबल खेलमा लामो समय दिएको योगदानको कदर गर्दै पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङलाई सम्मान गरिएको थियो । उनलाई वि विल राइज फाउन्डेशनका संस्थापक अध्यक्ष तथा तेक्वान्दो ग्राण्ड मास्टर तुलसीकुमार गुरुङले सम्मान गरेका थिए ।
प्रतियोगितामा बिजयीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि तेक्वान्दो ग्राण्ड मास्टर गुरुङसहित एनआरएनए हङकङ अध्यक्ष, नेपाली महासंघका अध्यक्ष लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता सुरु हुनु पूर्व स्व.बिल तामाङ तथा हालै स्वर्गारोहण भएका सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष स्व.राजमान थकालीप्रति श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।
