ट्यालेन्ट हन्टमार्फत चितवन शक्तिमा ‘नितीशा महतो’ 

पोखरा स्पोर्टस । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ ।

चितवनमा सम्पन्न ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट हुन सफल भएकी हुन् । टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितीमा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो ।

ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा नितीशा छनोट पर्न सफल भएको आयोजकले जनाएको छ ।

५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।

१७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल श्री जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।

एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

चितवन शक्तिको टिम
अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close