पोखरामा सुरु भयो वाई वाई यू–१९ क्रिकेट छनौट प्रतियोगिता

पोखरा स्पोर्टस । गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा सोमबारबाट एकदिवशिय वाई वाई यू–१९ क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गरे । सो अवसरमा बोल्दै सांसद बरालले यूवा खेलाडी उत्पादन संगै व्यवसायिक खेलाडी उत्पादनका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने जनाउँदै राष्ट्रिय गौरव जज्वलमान बनाउन क्रिकेटको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

पछिल्लो पटक सरकारमा मन्त्रालय थप गर्ने सवालमा समेत यूवा तथा खेलकुद मन्त्रालय थप्न आफूले प्रस्ताव अघि सारेको बताउँदै भने–“खेलकुदमा स्रोतको अभाव होइन, सोचको आभाव छ । हामीले स्रोतलाई अघि सारेर सोचलाई बन्धक बनाउने कार्य गरेका छौं त्यसको अन्त्य आवश्यक छ ।” खेलकुदमा आफ्नो लामो अनुभवले पनि सबै संगको सहकार्य र सम्मान गर्दै अघि बढ्न सके त्यसले नेपाली खेलकुदको जग बलियो बनाउन भूमिका खेल्ने बताए ।

गण्डक िप्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताउँदै छनौट प्रतियोगिता ‘रोड टु वर्ल्ड कप’को रुपमा खेलाडीहरुले ग्रहण गर्नु पर्ने बताए । नेपाली क्रिकेटको जग बलियो बनाउन नै उमेर समुहका प्रतियोगिताहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले खेलाडीहरुले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन समेत आग्रह गरे ।

१३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहेको छ । एक दिवशिय फर्मेटमा सुरु भएको प्रतियोगितामा समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बि’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।

आज सुरु भएको उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वत आमने सामने छन् । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट कार्तिक १ गतेबाट कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ गण्डकीको टिम घोषणा गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close