नेपाली कबड्डी टोली इरान प्रस्थान

पोखरा स्पोर्टस । बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेको छ ।

सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागीताका लागि त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, टिम व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रामकेवल मुखिया रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close