कास्की तेक्वान्दोद्वारा बेल्ट टेस्ट सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला तेक्वान्दो संघले शनिबार पोखरामा बेल्ट टेस्ट सम्पन्न गरेको छ ।

नेपाल तेक्वन्दो संघको बार्षिक कार्यक्रम अनुरुप कास्की तेक्वान्दोले जिल्लाभर छरिएर रहेका खेलाडीहरुको बेल्ट टेस्ट सम्पन्न गरेको हो ।

कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङका अनुसार रेड/ब्ल्याकतर्फ ३५, ब्ल्याकतर्फ ५७ र दोस्रो डानतर्फ ११ जना गरी १ सय ३ जनाले बेल्ट टेस्ट दिएका छन् ।

कास्कीमा हाल ४० भन्दा बढि तेक्वान्दो डोजाङहरु सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close