पोखरामा ‘प्रथम गभर्नस कप सुपरमोटो’ रेस सम्पन्न

'पर्यटन प्रवर्द्धनका लागि खेलकुद महत्वपूर्ण'-मन्त्री थापा

पोखरा स्पोर्टस । पोखरामा ‘प्रथम गभर्नस क्प सुपरमोटो‘ रेस सम्पन्न भएको छ ।

मोटर स्पोर्टस नेपाल क्लब र लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ ‘जे’ को संयूक्त आयोजनामा तथा गण्डकी प्रदेश अटोमोवाइल एसोसियसन (नासा गण्डकी)को सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

सुपरमोटो रेसमा सुरज च्याम्पियन

पोखरामा सम्पन्न भएको इभेन्ट मध्येको एक सुपरमोटो रेसमा काठमाण्डौका सुजन घिमिरे च्याम्पियन भएका छन् । त्यसै गरी काभ्रेका आशुतोष डान्जु उपविजेता बन्दा भक्तपुरका दिलिप दनवार तेस्रो भएका छन् ।

बिजेताहरुलाई लायन्स डिस्ट्रिक्ट ३२५ जेका गभर्नर मिलन थापा र डा ध्रुव थापाले ट्रफी वितरण गरे । सुपरमोटो इभेन्ट अन्तर्गत १६ जना प्रतिस्पर्धीहरु मैदानमा थिए । जस मध्ये ९ जना अन्तिम छनौटमा पर्न सफल रहे ।

प्रतियोगिता अन्गर्त अझै २ वटा इभेन्टहरु समय अभावका कारण सम्पन्न हुन नसकेको नासा नेपालका उपाध्यक्ष अनिल बरालले जानकारी दिएका छन् । उनले प्रतियोगिता ऐतिहासिक रहेको जनाउँदै पोखरा रंगशाला भित्रको ७ सय २० मिटरको ट्रयाक प्रयोग गरिएको जनाए ।

सो सुपरमोटो रेसको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले यस प्रकारका गतिविधिले पोखरालाई खेल पर्यटनको राजधानीको रुपमा अघि बढाउन सहयोग पुग्ने उल्लेख गरे । उनले भने,“यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि खेलकुद महत्वपूर्ण साधनको रुपमा लिइएको छ । खेलकुद मनोरन्जनका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।”

गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्व दिएर प्राथमिकतामा साथ अघि बढेको बताउँदै मन्त्री थापाले यूवाहरुलाई शारिरिक र मानसिक रुपमा मात्रै नभई राष्ट्रको गौरव अभिवृद्धिका लागि पनि खेलकुद उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिए । खेलमा जित र हारलाई भन्दा पनि भाइचाराको सम्वन्ध बढाउने माध्यमका रुपमा लिनुपर्ने भएकोले परिणामलाई सहज रुपमा स्विकार गर्नुपर्ने उनले औंल्याए ।

लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ ‘जे’का गभर्नर मिलन थापाले लायन्सले पहिलो पटक यस्तो महत्वपूर्ण कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताउँदै खेलकुद स्वास्थ्य संग जोडिएको विषय रहेको र लयान्स सो क्षेत्रमा जोडिएकोले पनि यो कार्यक्रमको महत्व रहेको जनाइन् ।

तीन छुट्टा–छुट्टै नेभिस, नेशनल र सुपरमोटो क्याटोगरीअन्तर्गत आयोजित प्रतियोगितामा ५० जनाको सहभागिता रहेको थियो । ‘रोड रेसिङ च्याम्पियनसिप’ अन्तर्गत पोखरामा सम्पन्न भएको यो प्रतियोगिताको तेस्रो सिरिज हो । यस अघि दुई वटा सिरिज हरु बागमती प्रदेशमा सम्पन्न भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close