
पोखरा स्पोर्टस । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
पोखरामा शनिबार सम्पन्न अधिवेशनले आगामी ४ वर्षका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन भएका छन् ।
समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन भए ।
यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई चयन भए ।
समितिको सदस्यहरुमा रोषन पुन, सेजल जोजिजु, मिनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ चयन भए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, निर्वाचन समितिका संयोजक गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहकार केशवशरण पौडेल तथा जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशिलताले सुस्ताएको खेलले गतिशिलता पाएको बताए ।
‘स्रोत र साधान कम छ तर काम धेरै गर्नुपर्नेछ’ उपाध्यक्ष गुरुङले भने, ‘भएका स्रोत र सधानलाई प्रयोग गर्दै खेललाई विस्तार गर्न यहाँहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’ प्रदेश खेलकुद परिषद् यहाँहरुले गरेका कार्यक्रममा सहयात्रा गरेर अघि वढ्न तयार रहेको उनले बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले १० औ राष्ट्रिय खेलकुद महोत्वसवलाई लक्षित गर्दै खेलाडि उत्पादन गर्न संघलाई आग्रह गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सवै खेलको मदर खेलको रुपमा जिम्न्याष्टिक रहेकोले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औल्याए ।
गण्डकी प्रदेश जिम्न्याष्टिक संघका सल्लाहाकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताए ।
गण्डकी प्रदेश जिम्न्यनष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले र सचिब प्रकाशचन्द्र सापकोटाले आफ्ना भनाई राखेका थिए ।
