परिषदको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई हस्तान्तरण

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका विन्दु कुमार थापाले उक्त वार्षिक प्रतिवेदन सरकारका मुख्यमन्त्री एवं परिषदका संरक्षक पाण्डेलाई हस्तान्तरण गरेका हुन् । मुख्यन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरे संगै मुख्यमन्त्री पाण्डेले उक्त प्रतिवेदन सार्वजनिक समेत गरे ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मा, परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्य, परिषदका सदस्य केशव पाठकको सहभागिता रहेको थियो ।

परिषदले तयार पारेको वार्षिक प्रतिवेदनमा परिषदले आर्थिक वर्ष २०८०/०८१ मा गरेका सम्पादित कार्यक्रमहरु, परिषदको संगठनात्मक संरचनाहरु र वार्षिक बजेट, उपलव्धि,चुनौती र भावी योजनाहरु लगायतका विषयहरु समेटिएका छन् ।

परिषदले प्रकाशित गरेको उक्त प्रतिवेदनको सम्पादन मण्डलमा परिषदका सदस्य एवं खेलकुद पत्रकार केशव पाठक संयोजक तथा सदस्यहरुमा महाशाखा प्रमुख राम प्रसाद आचार्य, अधिकृत तोपलाल भुसाल र लेखा अधिकृत निलकण्ठ ढकाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close