मञ्चको अधिवेशन असौज १२ गते

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरु गौरवमयी छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अधिवेशन तय भएको छ ।

मञ्चले सार्वजनिक गरेको सूचना अनुसार साधारण सभा तथा छैठौं अधिवेशन असौज १२ गते पोखरामा हुने भएको हो । नेपालको पहिलो म्याराथन आयोजक समेत रहेको मञ्चले १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न गरिसकेको छ ।

मञ्चमा आवद्ध २ सय ८५ भन्दा बढि आजिवन सदस्यहरु अधिवेशनमा सहभागिता जनाउने अपेक्षा गरिएको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत गर्नेछ भने भावी कार्यक्रम समेत प्रस्तुत गरिने भएको जनाइएको छ ।

मञ्चको संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट रहेका छन् । उनी संगै पोखरेली खेलकुदकोे जग बलियो बनाउन अहम भूमिका खेल्ने पृथ्वी नारायण क्याम्पसमा पूर्व क्याम्पस प्रमुख प्रा.डा. विरेन्द्र सिंह गुरुङ र नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष रहेका तेज बहादुर गुरुङले नेतृत्व सम्हालिसकेका छन् ।

कृषि विकास बैंकका सञ्चालक समेत रहि सकेका पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरि प्रसाद पराजुली यति बेला नेतृत्वमा छन् ।

२०५८ सालमा गठन भएको मञ्चले खेलकुद संगै विभिन्न सामाजिक कृयाकलापमा आफूलाई स्थापित गर्दै आएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिसकेको मञ्चले म्याराथनलाई खेलकुदको सामाजिक अभियानको पाटो संग समेत जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close