
पोखरा स्पोर्टस । पर्वत कुश्मा १२ स्थित ठूलीपोखरीमा सम्पन्न परम्परागत खुल्ला ठेलो खेलमा किरण सुनार बिजयी भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको परम्परागत खेल संरक्षण अभियान अन्तर्गत शुक्रबार सम्पन्न प्रतियोगितामा ३७ प्रतिस्पर्धीलाई उछिन्दै किरण बिजयी बनेका हुन् । प्रतिस्पर्धामा उनले १६.६० मिटर ठेलो प्रहार गरे ।

प्रतियोगितामा दोस्रो स्थान प्रप्त गरेका मिलन विकले १४.७५ मिटर र तेस्रो स्थान बनाउन सफल शुभाष क्षेत्रीले १४.७१ मिटर ठेलो प्रहार गरेका थिए । प्रतियोगितामा बिजयी सबै खेलाडी पर्वतका हुन् ।
पहिलो स्थान प्राप्त गरेका किरणले नगद रु १० हजार, दोस्रो स्थानका मिलनले ७ हजार ५ र तेस्रो स्थान बनाएका शुभाषले नगद ५ हजारका मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका उधोग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्य, परिषदका सदस्य एवं परम्परागत खेलका संयोजक योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङ लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश सांसद भक्त कंवरले गरेका थिए । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्य, जिल्ला खेलकुदको आयोजना एवं स्थानिय कालिका मन्दिर संरक्षण समितिको व्यवस्थापनमा सम्पन्न भएको हो । कार्यक्रममा परिषदका महाशाखा प्रमुख आचार्यले परिषदले गरेका विभिन्न कृयाकलापका बारेमा बोलेका थिए ।
पर्वतको ठूलीपोखरीमा नेपाली महिलाहरुको महानन पर्व तिज र चैते दशैंमा मेला लाग्ने प्रचलन छ । जहाँ परम्परागत खेल घोडा दौड, ठेलो खेल र दोहोरी गितलगायत अन्य प्रतिस्पर्धात्मक प्रतियोगिताहरु सञ्चालन हुने गरेका छन् ।

तर त्यो ठेलो कति किलोग्राम थियो खै लेखेको।
14 Pound