डिफेन्डिङ च्याम्पियन गण्डकी गल्कोट संग पराजित

पोखरा स्पोर्टस । लामाचौर कपको तेस्रो संस्करणको च्याम्पियन गण्डकी प्रदेश भलिबल संघको टिम बाग्लुङको एक स्थानिय टिम ट्राभल इन्क्वारी गल्कोट संग पराजित भएको छ ।

पोखरामा शुक्रबार भएको तेस्रो स्थानको खेलमा गण्डकीले पराजित भएको हो । केही महिनाको विश्राम पछि मैदानमा उत्रिएको गण्डकीको सेट टिमको यो वर्षको नमिठो पराजय हो । घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन गण्डकी दर्शकहरुलाई समेत निराश पार्दै गल्कोट संग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो ।

पहिलो सेटमा केही उत्कृष्ट खेल देखाएको गण्डकी २५–२७ ले दोस्रो सेट २२–२५ र तेस्रो सेट समान २२–२५ ले गल्कोटलाई सुम्पिदै चार प्रतियोगितामा सहभागि टिम मध्ये चौथो स्थानमा रहन पुग्यो । लिग चरणमा भने गण्डकीले गल्कोटलाई एक खेलमा ३–२ को सेटमा पराजित गरेको थियो ।

लामाचौर कपमा गण्डकीले आफूले खेलेका सबै खेलहरुमा निराशापूर्ण खेल प्रदर्शन गरेको छ । नेपाल पुलिस क्लब संग र सशस्त्र प्रहरीको एपिएफ क्लब संग समान ३–० को सोझो सेटमा पराजयको सामना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close