
पोखरा स्पोर्टस । लामाचौर कप खुल्ला भलिबलमा पुरुष तर्फको फाइनलमा दिुई वभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने पक्का भएको छ ।
पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिए संगै फाइनलमा भिड्ने टोलीको स्थान पक्का भएको हो ।
पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लागेको हो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को जित निकालेको छ । एपिएफको दुई खेलबाट ६ अंक छ । उता पुलिसको पनि ६ अंक नै छ । दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १–१ सेट जिते । पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९–२५ ले पछि पर्यो ।
प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो । तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो । यो संगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।
