मापदण्ड पुरा नगरेको ब्याडमिन्टन संघ फेरी सल्बलायो ! बागमतीको भेला बोलायो

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेल संघको रुपमा मापदण्ड पुरा नगरेको भनेकोे नेपाल ब्याडमिन्टन संघ (एनबिए) फेरी सल्बलाएको छ ।

एनबिएले एक पत्र मार्फत बागमती प्रदेश ब्याडमिन्टन संघको भेला बोलाए पछि पुनः सल्बल्याउने संकेत गरेको हो । एनबिएले भदौ १९ गते पत्रचार गर्दै भदौ २६ का लागि बागमती प्रदेशको भेला आह्वान गरेको छ । संघका उपमहासचिब नबिन त्रिक्रम शाहले हस्ताक्षर गरेको पत्रमा बागमतीका १२ वटा जिल्लाहरुलाई उपस्थित हुन भनिएको छ ।

यता राखेपले मिति साउन १९ गते सूचनाको हकको रुपमा लेखेको पत्रको बुँदा नं ४ मा–“संघले निर्वाचन सहितको साधारण सभाका लागि स्विकृती माग गरेको तर मापदण्ड पुरा नगरेको कारण स्विकृती प्रदान नगरिएको” उल्लेख छ । नेपाली खेलकुदको सम्पूर्ण अघिकार काँधमा राखेको राखेपको पत्रमा नै ‘मापदण्ड’ पुरा नगरेको संघको रुपमा यति बेला रहेको स्पष्ट देखिन्छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमाबली २०७८ अनुसार मापदण्ड पुरा नगरेको संघ स्वतः खारेज हुने स्पष्ट उल्लेख गरिएकोले पनि एनबिएले बोलाएको भेला स्वतः अवैध रहेको छ ।

राखेपद्वारा २०८० जेठमा गठित एनबिएको तदर्थ समितिले २०८० कार्तिक १२ गते बोलाएको साधारण सभा तथा निर्वाचनलाई मान्यता नदिएको राखेपको साउन १९ गतेको पत्रमा उल्लेख भए संगै सो भेलानै खेलकुद विकास ऐन बमोजिम मापदण्ड विपरित भएको र स्वतः एनबिए कार्तिकमा नै खारेज भइसकेको छ । एनबिए मात्रै नभइ नेपाली खेलकुदमा शक्तिको आडमा विभिन्न व्यक्तिहरुको कब्जामा रहेका खेल संघहरु विरुद्ध कार्वाही अघि बढाउन राष्ट्रिय खेलकुद विकास ऐन र मापदण्डको कडाई साथ लागु गर्नुपर्नेमा यति बेला राखेप भने निरिह जस्तै बनेको छ ।

तर यता गत कार्तिकमा नै मापदण्ड पुरा नगरेको एनबिएका अध्यक्ष रामजी बहादुर श्रेष्ठले कार्यभार सम्हाल्दै आएका छन् । उनी विरुद्ध राखेप चुपाचाप बस्दा यति बेला ब्याडमिन्टन संघको भविष्य मात्रै नभई खेलको विकास अवरुद्ध हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । श्रेष्ठले अध्यक्षको हैसियतले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय यात्रा संगै एसियन गेम्स तथा हालै सम्पन्न पेरिस ओलम्पिकका समेत पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close