लामाचौर कप महिला भलिबल : गण्डकीको लगातार दोस्रो हार

पोखरा स्पोर्टस/ तस्बिरः योगेन्द्र श्रेष्ठ । नेपाली महिलाहरुको महान पर्व तिजको अवसरमा आयोजित ११ औं सस्करणको ‘लामाचौर कप’ अन्तर्गत महिलातर्फ गण्डकी प्रदेश भलिबल संघले हार ब्यहोरेको छ ।

दोस्रो दिनको जारी खेलमा गण्डकी टिप टप न्यू डायमण्ड युथ स्पोर्टस क्लब (टिटिएन) संग हार ब्यहोरेको हो । टिटिएनले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो बिजयी यात्रालाई दोस्रो दिन पनि जारी राखेको छ ।

टिटिएनले गण्डकीलाई २५–१३, २५–१६ र २५–१६ ले पराजित गरेको हो ।

यस्तै बुधबार नै सम्पन्न दोस्रो खेलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबले एभरेष्ट क्लब माथी ३–० को सोझो सेटमा जित निकालेको छ । एपिएफले २५–१०, २५–११ र २५–१३ ले जित निकाल्दै प्रतियोगितामा जितको यात्रा जारी राखेको छ ।

प्रतियोगितामा विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close