गण्डकी थन्डर्सको लोगो सार्वजनिक

पोखरा स्पोर्टस । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फ्रेन्चाइजी टिम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

गण्डकी थन्डर्सले शुक्रबार आफ्नो अफिसियल लोगो सार्वजनिक गर्दै छिट्टै आफ्नो विदेश खेलाडी सार्वजनिक गर्ने तयारी गरेको टिमका निर्देशक विकास खेतानले जानकारी दिएका छन् ।

एभरेष्ट महिला भलिबल लिग आगामी असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सञ्चालन हुनेछ ।

नेपाली राष्ट्रिय टोलीकी सदस्य सरस्वत िचौधरी मार्की प्लेयर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यस अघि नै सार्वजनिक गरेको छ । गण्डकीको टिममा प्रगती नाथ, कविता भट्ट समावेश छन् ।

त्यस्तै टिममा राष्ट्रिय टिमबाट खेलिसकेका लक्ष्मी चन्द, रिमा कुंवर, आरती चौधरी, श्नेहा ठगुन्ना र सरस्वती जैशी रहेका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा नै पहिलो पटक सञ्चालन हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close