पोखरा क्रिकेट एकेडेमीद्वारा एथलेटिक्सलाई खेल सामाग्री प्रदान

पोखरा स्पोर्टस । पोखरा क्रिकेट एकेडेमीले कास्कीका एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेको छ ।

पोखरा रंगशालामा आयोजित कार्यक्रममा एकेडेमीले जिल्ला खेलकुद विकास समिति कास्की मार्फत खेलाडीहरुलाई सामाग्री हस्तान्तरण गरेको हो । क्लबले एथलेटिक्स खेलाडीहरुलाई १० थान जुत्ता प्रदान गरेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख राम प्रसाद आचार्य, जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामाले जिल्ला एथलेटिक्स संघ कास्कीलाई करिब २० हजार बराबरको जुत्ता प्रदान गरेको एकेडेमीका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ले जनाए ।

सो अवसरमा एकेडेमीका उपाध्यक्ष सन्तोष श्रेष्ठ, कास्की क्रिकेटका कोषाध्यक्ष दुर्गा बहादुर चन्द, कास्की एथलेटिक्सका सदस्य सिद्धान्त अधिकारी प्रशिक्षक शंकर शाहको सहभागिता रहेको थियो ।

एकेडेमीले यस अघि समेत विभिन्न खेलकुद संघहरुलाई खेल पोशाकलगायत खेल सामाग्रीाहरु वितरण गर्दै आएको छ ।

कार्यक्रममा महाशाखा प्रमुख आचार्यले क्लबले उत्कृष्ट कार्य गरेकोमा आभार व्यक्त गर्दै सानो सहयोगले पनि खेलाडीहरुको हौसला बढाउन सहयोग पुग्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close