
पोखरा स्पोर्टस । वर्ल्ड सेपाकताक्रो च्यापियनशिपमा सहभागी हुन आज थाइल्याण्डतर्फ प्रस्थान गरेको छ ।
सेपाकताक्रो एशोसिएसन थाईल्याण्डको आयोजनामा आईएसटीएएफ वर्ल्ड सेपाकताक्रो च्याम्पियनशिप तथा ३७ औ थाईकिङ कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो । त्यसतर्फ प्रस्थान गरेको १३ सदस्यिय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले विदाई गरेका हुन् ।
भदौं १६ गते देखि २३ गते (सेप्टेम्वर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनशिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी र सुमित्रा डंगोल सहभागी हुदै छन् ।
यस्तै टीम आईटीओमा नेशिर मास्के , टिम म्यानेजरमा जीतेन्द्र थापामगर , प्रशिक्षकमा महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ एवं रेफ्रीमा सोम माया थापा मगर सहभागि हुनेछन् ।
