कास्की क्रिकेटको साधारण सभा : संस्थापक अध्यक्ष प्रा.डा.गुरुङसहित लाई सम्मान

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको पाँचौ साधारण सभा पोखरामा शनिबार सम्पन्न भएको छ । सो साधारण सभाको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले गरे । सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले प्रदेशको खेलकुद विकासलाई नितिगत रुपमा अघि बढाउन परिषद प्रतिवद्ध रहेको जनाउँदै खेलाडीहरुको सम्मान र सरक्षणका लागि समेत योजनावद्ध रुपमा अघि बढेको उल्लेख गरे ।

खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता र लगानी महत्वपूर्ण रहेको बताउँदै सदस्य सचिब शर्माले नेपाली क्रिकेटले लकुदमा उल्लेखनिय योगदान दिएको बताए । उनले खेलकुदको विकासमा राजनितिक क्षेत्रको भूमिका समेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले खेलकुद विकासका लागि सबै एकै ठाउँमा उभिन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै क्यानका पूर्व कार्यबहाक अध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले खेलकुदमा लगानी बढाउन बहश आवश्यक रहेको बताउँदै नेपाली खेलकुदमा रहेका समस्याहरुलाई साझा रुपमा सुल्झाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले आफू क्रिकेटको नेतृत्वमा रहेकै बेला व्यवसायिक रुपमा अघि बढाउन पहल गरेकोले अहिले नेपाली क्रिकेटले छलाङ मारेको दावी गरे ।

सो अवसरमा अग्रज प्रर्यटन व्यवसायी एवं बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी गणेश बहादुर भट्टराईले पोखरा शिक्षा र स्वास्थ्यको शहर मात्रै नभई खेलकुद पर्यटनको सम्भावना पनि उत्तिकै रहेकोले प्रदेश सरकार र स्थानिय तहले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने जनाए ।

कार्यक्रममा कास्की क्रिकेटका संस्थापक अध्यक्ष प्रा.डा विरेन्द्र सिंह गुरुङ, संस्थापक सदस्यहरु ऋषीराम सापकोटालगायत तत्कालिन संस्थापकहरुलाई सम्मान गरिएको थियो । उनी क्यानका पूर्व उपाध्यक्ष एवं क्षेत्र नं ८ का संस्थापक अध्यक्ष रहेर नेपाली क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान गरेका थिए । पोखरा रंगशालाको पर्खाल निर्माण समितिका संयोजक समेत रहेका गुरुङ पोखरा रंगशालाको क्रिकेट खेल मैदान निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तैे पोखरा रंगशालास्थित क्रिकेट खेल मैदान निर्माणमा सहयोगी एवं निर्माण कार्यका लागि योगदान गर्ने तत्कालिन निर्माण समितिका पदाधिकारीहरु, पोखरा उद्योग बाणिज्य संघलगायत विभिन्न संस्थाहरुलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । सोही अवसरमा संघले कास्कीका महिला खेलाडीद्वय सिर्जना पौडेल र सुजिता थापालाई नगद १०–१० हजारसहित सम्मान गरिएको थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा निवर्तमान अध्यक्ष देबेन्द्र प्रजु, कार्यबहाक सचिव दिपेन्द्र प्रताप चन्दलगायतले आफ्ना भनाई राखेका थिए भने कोषाध्यक्ष विरेन्द्र पुनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै बिच कास्की जिल्ला क्रिकेट संघको रिक्त सचिब पदमा विरेन्द्र पुन मनोनयन भएका छन् । यस अघि सचिब रहेका बिनोद श्रेष्ठले राजिनामा दिए पछि सचिब पद रिक्त रहेको थियो । पुन सचिब भए संगै रिक्त कोषाध्यक्ष पदमा दुर्गा बहादुर चन्द र रिक्त एक कार्यसमिति सदस्यमा चन्द्र कुमार गुरुङ ‘जिम्मी’ लाई मनोनयन गरिएको अध्यक्ष सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए । २०५१ सालमा गठन भएको कास्की जिल्ला क्रिकेट संघमा ६२ जना सदस्य रहेका छन् । कास्की क्रिकेटले पोखरा रंगशालाको क्रिकेट खेल मैदान संरक्षण संगै खेलाडी उत्पादनमा लागि प्रशिक्षण र प्रतियोगिताहरुलाई नियमित रुपमा सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close