राखेप र एन्फाबीच दशरथ रंगशालाको विषयमा छलफल

पोखरा स्पोर्टस । नेपाली खेलकुदको प्रमुख निकाय संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आङ्गनमा जोडिएको दशरथ रङ्गशाला दिन प्रतिदिन बेहाल हुन थाले पछि स्त्तरोन्नतीका लागि छलफल भएको छ ।

दशरथ रङ्गशालाको बेहाल अवस्थाका बारेमा सामाजिक सञ्जालमा खेलप्रेमहरुले तिखो प्रतिक्रिया आउन थाले पछि राखेपले स्तरोन्नतीका लागि चासो देखाएको हो । केही महिना अघि मात्रै एन्फाले मैदानको स्तरोन्ती गर्न नसकेको भन्दै राखेपले एन्फाबाट मैदानको जिम्मा खोसेको थियो । तर अहिले राखेपले एन्फालाई नै बोलाएर मैदानको जिम्मा दिने भएको छ ।

यसै क्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको हो ।

मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको छ । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला ।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने–‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close