महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

पोखरा स्पोर्टस । “चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१” को तयारी पुरा भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजनामा यहि श्रावण २४ गते देखि २६ गते सम्म उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।

ललितपुर, सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने उक्त राष्ट्रिय प्रतियोगितामा ३ वटै विभागीय टिम लगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ग्यरोगी (फाईट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ जसमा ४ सय ४५ जना खेलाडीहरुले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ । प्रतियोगितामा ५२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता ४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरिने संघले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई राष्ट्रिय टिममा समावेश गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close