काभा उमेन्स भलिबल नेसन्स लिग : नेपाल अन्तिम चारमा

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी काभा उमेन्स भलिबल नेसन्स लिगमा नेपाल अन्तिम चारमा स्थान बनाएको छ ।

लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले मालदिभ्स विरुद्ध ३–० को सोझो सेटमा जित दर्ता गर्दै अन्तिम चारमा स्थान शुरक्षित गरेको हो । पहिलो सेट २५–८, देस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले जित्न सफल भयो ।

सोमबार नै भएको एक अर्को खेलमा भारतले श्रीलंकमा विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा रहन सफल भएको छ ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । भोली मंगलबार हुने सेमीफाइनलमा नेपालले इरानको सामना गर्नेछ । भोली नै भारतले श्रीलंका विरुद्ध खेल्नेछ । श्रीलंका अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close