पोखरा महानगर विद्यालयस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा पोखरा महानगर विद्यालयस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

पप्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकाली माविलाई ४३ रनले पराजित गरेको छ । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अविजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

प्रत्युत्तरमा भद्रकालीको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई अल आउट गर्ने क्रममा प्लेयर अफ द म्याच समेत बनेकि रचना चौधरीले ५ विकेट लिइन् । त्यस्तै, सुसिला र अंकिता ठकुरीले समान २ तथा सुनिला रानामगरले १ विकेट लिइन् । भद्रकालिका लागि विशाखा महर्जनले १२ रन बनाइन् ।

यसअघि आयोजक समितिका सदस्य सचिव सुवास खड्काले अम्पायरलाई बल हस्तान्तरण तथा बलिङ र मुख्य प्रायोजक कंगारु एजुकेशन फाउण्डेशनका निर्देशक टि.आर.काफ्लेले व्याटिङ गर्दै प्रतियोगिताको शुरुवात गरेका थिए ।

प्रतियोगिता संयोजनकर्ता महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष गोविन्द प्रधानले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close