
पोखरा स्पोर्टस । भरत संगको जितमा उत्साहित बनेको नेपाल काठमाण्डौमा जारी काभा नेसन्स उमेन्स भलिबल लिगमा इरान संग चने पराजित भएको छ ।
लिग चरण अन्तर्गत भएको खेलमा नेपाल इरान संग ३–२ सेटले पराजय व्यहोरेको हो । पहिलो सेट १६–२५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–१६ ले खेलमा फर्कियो । तर तेस्रो सेट नेपाल २३–२५ ले गुमाउन पुग्यो भने चौथो सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्यो तर अन्तिम तथा पाँचौ सेट १३–१५ गुमाउन पुग्यो ।
नेपाल यो हार संगै अंक तालिकाको समिकरणमा समेत निकै उलटफेर भएको छ । नेपालले लिगमा आफूलाई शिर्ष स्थानमा उभ्याउन मालदिभ्स विरुद्धको खेल महत्वपूर्ण मानिएको छ । नेपालले मालदिभ्स संग भोली (सोमबार) खेल्दैछ ।
