
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी काभा नेसन्स उमेन्स भलिबल लिगमा नेपाली महिला भलिबल टोलीले ऐतिहासिक जित निकालेको छ ।
प्रतियोगिता अन्तर्गत जारी लिगमा नेपालले भारत विरुद्ध ३–२ ले ऐतिहासिक जित निकालेको हो ।
त्रिपुरेश्वर स्थित कभर्डहलमा जारी प्रतियोगितामा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेटमा समेत १२–२५ ले गुमाउन पुग्यो भने तेस्रो सेट २५–१७ ले भारतलाई स्तव्ध पार्यो ।
तर चौथो सेटमा नेपालको केही गल्तीको फाइदा भारतले लियो । चौथो सेटमा भारत खेलमा पुनरगामन गर्दै २५–१८ ले आफ्नो पक्षमा पार्न सफल रहँदै खेल २–२ सेटको बराबरीमा ल्याउन सफल बन्यो ।
संयौ दर्शकहरुले खचाखच रहेको त्रिपुरेश्वर कभर्डहलमा पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्दै नेपालले भारत विरुद्ध खेल मात्रै जितेन इतिहास रच्न समेत सफल बन्यो ।
यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
