‘बज्राचार्य पौडी खेलको विकासका बाधक’- नेपाल पौडी संघ (प्रेस विज्ञप्ती)

पोखरा स्पोर्टस । नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोक रत्न बज्राचार्य नेपाली पौडी खेलको विकासको बाधक रहेको भन्दै संघले आपत्ती जनाएको छ ।

नेपाल पौडी संघले एक प्रेस विज्ञप्ती मार्फत बज्राचार्य पौडी खेलको विकासमा अवरोध गरेको र व्यक्तिगत लाभका लागि किर्तेमा तल्लिन रहेको भन्दै आपत्ती जनाएको हो । संघका अध्यक्ष जगतमान श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“बज्राचार्यले आफ्नो कार्यकालको जिन्सी तथा कागजात नयाँ कार्य समितिलाई बरबुझारथ गर्नुका सट्टा उल्टै आफै अध्यक्ष भनि नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा समेत नेपाल पौडी संघको लेटर प्याड र छाप दुरुपयोग गरेका छन ।”

नेपाल पौडी संघको गत वैशाख ८ गते सम्पन्न निर्वाचनले श्रेष्ठलाई अध्यक्षमा चयन गरे पनि नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका बज्रचार्यले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट सहभागी हुने पौडी खेलाडीहरुको तालिम तथा खेल सामाग्रीका लागि आर्थिक सहयोग माग गर्दै मिति २०८१ असार १५ गते ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदमा नेपाल पौडी संघको लेटरप्याड र छाप दुरुपयोग गरेको संघले जनाएको छ ।

प्रेस विज्ञप्तिमा राष्ट्रिय खेलकुद परिषद र ओलम्पिक कमिटिको प्रत्यक्ष रोहबर र संलग्नतामा सम्पन्न अधिवेशनको विरुद्ध गरिएको गतिविधि लाई सम्बन्धित पक्षहरुलाई बढावा नगर्न नगराउन जोेडदार अनुरोध गरिएको छ ।
यस्तो छ विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close