ओलम्पिकमा सहभागी हुने खेलाडीलाई ‘कोमोरेबी’को पोशाक

पोखरा स्पोर्टस । फ्रान्सको कोमोरेबीले नेपाली ओलम्पिक सहभागी हुने खेलाडीहरुलाई खेल पोशाक प्रदान गरेको छ ।

पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार पोशाक हस्तान्तरण गरेको हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोमा आयोजित कार्यक्रममा कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनिएलले अध्यक्ष जीवनराम श्रेष्ठलाई पोशाक उपलब्ध गराएका हुन् ।

कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौता अनुसार यी पोशाक प्रदान गरिएको एनओसीले जनाएको छ । कोमोरेबी फ्रान्सेली केक्सटाइल कम्पनी हो । सम्झौता अनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस ब्याग रहेको छ ।

कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको पनि उपस्थिति रहेको थियो ।

फ्रान्सको पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिक जुलाई २६ बाट सुरु हुँदैछ । प्रतियोगितामा नेपालका तर्फबाट सात खेलाडीको सहभागिता रहनेछ ।

सहभागिता जनाउने खेलाडीहरुमा ब्याडमिन्टका प्रिन्स दाहाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close