रंगशालाकी छोरी ‘सन्ध्या’लाई नगद सहयोग प्रदान

पोखरा स्पोर्टस । पोखरा रंगशालाकी छोरी ‘सन्ध्या थापा’लाई नगद सहयोग प्रदान गरिएको छ ।

स्विजरल्याण्डबाट प्राप्त सहयोग रकम सन्ध्यालाई प्रदान गरिएको हो । स्विजरल्याण्डकी नागरिक हाल अस्ट्रेलियाबाट नेपाल भ्रमणमा रहेकी शिल्भिया युङ्गले सन्ध्यालाई नगद ६० हजार हस्तान्तरण गरेकी हुन् ।

शिल्भियाका तीन जना साथी एन्नी मास्कोलिनो, सुइसी एटवार्टस् र स्टान थर्लीले उक्त रकम संकलन गरेका थिए । उनीहरु तीनै जना अस्ट्रे्लियन नागरिक हुन् ।

पोखरा रंशगालामा कार्यरत विभा थापाको संरक्षणमा रहेकी १० वर्षिया सन्ध्या हाल एसओसएस माविमा कक्षा ४ मा अध्ययनरत छिन् । उनलाई सहयोग रकम संकलन गर्न कास्की टेनिसका निवर्तमान अध्यक्ष दोर्जे लामाको विशेष सहयोग रहेको छ ।

यस अघि समेत सन्ध्याको अध्ययन अध्यापनका लागि सहयोग गर्दै आएका पर्यटन व्यवसायी समेत रहेका दोर्जेले विदेशबाट सन्ध्यालाई मायाँ गरेर पठाएको रकमको सहि सदुपयोग गर्दै उनको अध्ययन नरोकियोस भन्नका लागि गरिएको बताए । उनले भने–“अहिले जती पनि रकम संकलन भएको छ उनको नाउँमा बैंक खाता खोलेर राखिएको छ । बालिग भए पछि उनले संकलित रकम पाउँनेछिन् ।” बैंकमा बचत रकम मध्ये प्राप्त व्याजबाट उनको अध्ययनका लागि खर्च गरिएको छ । 

सहयोग रकम प्रदान गरेकी शिल्भिया र उनी संगै रहेकी अनिताले सन्ध्यालाई सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको जनाउँदै यस्तो सहयोगका लागि आफूहरुले आगामी दिनमा समेत पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close