
पोखरा स्पोर्टस । नेत्रहिन क्रिकेट संघ, नेपालले ‘विश्वकप टि–२० दृष्टि बिहिन क्रिकेट’का लागि पहिलो चरणमा परेका नेपाली टोलीको घोषणा गरेको छ ।
पाकिस्तानमा आयोजना हुने ‘चौथो विश्वकप टि–२० दृष्टि बिहिन क्रिकेट’का लागि संघले नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको हो । संघका महासचिब अमृत बरालका अनुसार राष्ट्रिय टोलीमा प्रथम चरणमा १९ जना खेलाडीहरु छनौटमा परेको जनाएका छन् ।
१९ सदस्यि टोलीमा सुनिल सुवेदी, सागर लामा, भरत चौलागाई, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ्ग, अमिस गुरागाईं, भरत थापा, रमेश बानियाँ, नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की, युवराज भण्डारी र निश्चल सिवाकोटी रहेका छन् ।
सहभागी हुने अन्तिम १५ खेलाडीहरुको नामावली दोस्रो चरणको छनौट प्रतियोगिताबाट टुङ्गो लागाइने संघले जनाएको छ ।
