पोखरामा ‘सेल्फ डिफेन्स’ प्रशिक्षण सम्पन्न (भिडियोसहित)

पोखरा स्पोर्टस । पोखरामा महिलाहरुको तीन दिने सेल्फ डिफेन्स प्रशिक्षण सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले नेपालको संविधानले महिलाहरुलाई समान अधिकार दिएको बताउँदै महिला र पुरुषमा कानुनले कुनै भेदभाव नगरेको बताएका छन् । उनले भने–“नेपालको संविधानले महिला र पुरुषलाई समाजको सबै क्षेत्रमा समान अधिकार दिएको छ । त्यसैले पनि यो कार्यक्रम महिलाहरुलाई जस्तै पुरुषहरुलाई समेत आत्मरक्षा प्रशिक्षण आवश्यक छ ।”

आत्मरक्षा तालिमले समाजको हरेक वर्गलाई सचेत नागरिकको रुपमा अघि बढाउन समेत भूमिका खेल्ने बताउँदै मन्त्री थापाले सरकारले आगामी दिनमा यस प्रकारका प्रशिक्षणहरुलाई अघि बढाउने बताए । आफूले सिकेको शिपको सदुपयोग गर्दै आफ्नो परिवार र छिमेकीहरुलाई समेत बाड्न सके त्यसले उत्कृष्ट प्रतिफल दिने मन्त्री थापाको भनाई थियो ।

कार्यक्रmमा आफना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले गृहणी र सामाजिक अभियानमा कृयाशिल महिलाहरुलाई लक्षित गर्दै परिषदले यस प्रकारका प्रशिक्षण प्रदान गरेको जनाउँदै आफूना सिकाईहरुलाई बाँड्न आग्रह गरे । खेलकुद क्षेत्रबाट लैङ्गिक असमानता हटाउन प्रचारात्मक अभियानको रुपमा यो कार्यक्रम अघि सारिएको जनाउँदै घर–घरबाट नै लैङ्गिक विभेदको अन्त्य गर्दै सामाजिकीकरणको अभियानमा समेत अघि बढाउन खेलकुद क्षेत्रले समेत भूमिका खेल्ने उनको भनाई थियो ।

खेलकुद क्षेत्र मात्रै लैङ्गिक समानता भएको क्षेत्र रहेको जनाउँदै सदस्य सचिब शर्माले सामाजिक अभियान मार्फत बालबालिकाहरुलाई मैदान सम्म ल्याउने उद्धेश्य  पुरा गर्न समेत कार्यक्रम प्रभावकारी रहेको विश्वास व्यक्त गरे ।

प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारामायाँ थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा परिषदकी सदस्य विष्णु मायाँ गुरुङ, सेल्फ डिफेन्सकी मुख्य प्रशिक्षक सन्जु महर्जनलगायतले आफ्ना भनाई राखेका थिए ।

तीन दिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षणलाई सेल्फ डिफेन्सकी मुख्य प्रशिक्षक सन्जु महर्जन, हाप्कीडो गण्डकीकी प्रशिक्षक कृती गिरीले समेत प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ६० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close