यू–१९ भलिबल पुरुषतर्फको उपाधि गण्डकीको जित, महिला टिम तेस्रो

पोखरा स्पोर्टस । काठमाण्डौमा सम्पन्न प्रथम सहाना प्रधान स्मृती पुरुष भलिबलतर्फको उपाधि गण्डकीले जितेको छ ।

लुम्बिनी प्रदेशलाई ३–१ को सोझो सेटमा पराजित गर्दै गण्डकी उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालास्थित कभर्डहलमा शनिबार भएको फाइनलमा २५–१५,२०–२५, २५–२० र २५–२० ले पराजित गर्न सफल भएको छ ।

यता महिलातर्फ भने बागमती प्रदेशले उपाधि जितेको छ । फाइनलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगिताको उपाधि बिजेता पुरुष टिम गण्डकी र महिला तर्फको बिजेता बागमतीले समान नगद रु ३–३ लाख हात पारेका छन् भने लुम्बिनी दुवै तफै उपविजेता हुँदै समान नगद रु २–२ लाख प्राप्त गरेको छ ।

यता महिला तर्फ समेत गण्डकीले कोशी प्रदेशलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो स्थान प्राप्त गरे संगै कास्कीले नगद १ लाख हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close