स्कवास् र्याकेट् संघ कास्की द्वारा वृक्षारोपण

पोखरा स्पोर्टस । स्कवास् र्याकेट् (आरएसए) संघ कास्कीले पोखरा रंगशालास्थित आफ्नो भवन परिशरमा वृक्षारोपण गरेको छ ।

‘एक सदस्य एक रुख’ भन्ने मुल नाराका साथ गरिएको वृक्षारोपणमा ४० विभिन्न प्रजातीका विरुवाहरु रोपिएको छ । उक्त वृक्षारोपण कार्यक्रमको गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले शुभारम्भ गरे ।

सो अवसरमा बोल्दै पूर्व मन्त्री गुरुङले राष्ट्रिय धान दिवशको अवसरमा स्क्वास संघले गरेको अभियान महत्वपूर्ण रहेको जनाए । उनले विश्वमा बिर्गदैं गएको वातावरण जोगाउनका लागि वृक्षारोपण आवश्यक रहेको कुरा औंल्याउँदै वृक्षारोपण गरेर मात्रै नभई यसको संरक्षण समेत उत्तिकै अपरिहार्य रहनेमा जोड दिए ।

वृक्षारोपण कार्यक्रम फेसनको रुपमा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पूर्व मन्त्री गुरुङले भने–“हामीले वृक्षारोपण गर्छौं तर संरक्षणको अभाव छ । एक दिन विरुवा रोपेर हुँदैन यसको संरक्षण गरेमा मात्रै हामीले यसबाट विश्व जगतका लागि आवश्यक उर्जा प्राप्त गर्न सक्छौं ।”

स्कवास् र्याकेट् संघका अध्यक्ष प्रविन पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्तोष घिमिरेले वक्षारोपण अभियानका अभियान मात्रै नभई यसको संरक्षण संगै विरुवा हुर्काउने कार्यमा समेत स्कवास् रेकट््स संघका सदस्यहरु उत्तिकै जिम्मेवार बन्न आग्रह गरे ।

स्कवास् र्याकेट् संघले रोपेका विरुवाहरुमा कपुर, स्वामी, तेजपात, बेल, हर्रो–बर्रो, एभोकाडोलगायत प्रजातीका विरुवाहरु रहेका छन् ।

स्मरणिय के छ भने पोखरा रंगशालामा विगत एक दशक अघि देखि विभिन्न संघ संस्थाले वृक्षारोपण गरेर लाखौं रकम खर्चिए पनि संरक्षणका अभावमा नष्ट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close