मञ्चका सल्लाहकार भट्टराईलाई जनसेवा श्री पदक

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका सल्लाहकार एवम पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई जनसेवा श्री प्रदान गरिने भएको छ ।

संविधान दिवसको दिन राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पदक उनलाई प्रदान गरिने घोषणा गरिएको हो । पोखराका पूर्व उपमेयर समेत रहेका भट्टराई पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी समेत हुन् । उनलाई हालैमात्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो ।

नेपाली कांग्रेसका नेता समेत रहेका भट्टराईले पोखराको पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन् ।

सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता उनी सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन बनेका थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको पूर्व उपमहासचिवसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close