
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डी पोखरामा सुरु भएको छ । प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन ११ खेल सम्पन्न भएको गण्डकी प्रदेश कबड्डी संघका सचिब हरि जिशीले जानकारी दिएका छन् । पहिलो चरणको खेलमा कास्की र तनहुँले समान तीन खेलमा जित हात पारेका छन् भने तनहुँ र बागलुङले २–२ खेल जितेका छन् ।
प्रतियोगितामा उपाधि बिजेता टिमले ७० हजार, उपबिजेताले ५० हजार र तेस्रो हुने दुई टिमले समान नगद रु ३०–३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल भोली बिहिबार हुने भएको आयोजकले जनाएको छ । दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनौट समेत रहेको प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको छ ।
