
पोखरा स्पोर्टस । निजी विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखरा १० बुद्धचोकस्थित सोसल पब्लिक स्कुलले हालै एस.ई.ई दिएर बसेका विद्यार्थीहरु लक्षित छात्र–छात्रा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगिता मंगलबारबाट पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने भएको विद्यालयका संस्थापक निर्देशक खिम गुरुङले जानकारी दिएका छन् । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ ।
दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन अग्रज समाजसेवी रि.कर्णेल जेपी क्रसले गर्ने भएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद रु १० हजार र छात्रातर्फ बिजेताले १० र उपबिजेताले ५ हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गने विद्यालयका संस्थापक धोज कुमार गुरुङले बताए । यस्तै सवोत्कृष्ट छात्र–छात्रा तथा हाइस्कोरर छात्र–छात्रा खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने छ ।
२०५३ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि प्लस टु (११–१२) कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको र प्लस टु (११–१२) कक्षातर्फ म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र क्म्प्युटर साइन्स सम्वन्धि अध्ययन अध्यापन हुँदै विद्यालयका प्राचार्य शिदार्थ शर्माले जानकारी दिए ।
विद्यालयले आफ्नो स्थापना समय देखि नै शिक्षा संगै खेलकुद लगायत विभिन्न कृयाकलाप समेत सक्रियता पूर्वक सञ्चालन गर्दै आएको छ ।
